आइतबार, १७ अगस्ट २०२५

रकम असुल गरेको आरोप लागेका दोलखाका सीडीओ काठमाडौं तानिए

News Image
फाइल तस्बिर: बिएल
• • •

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन्।

अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको गृह प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जानकारी दिए।

प्रवक्ता शर्माका अनुसार शुक्रबार रिजालमाथि लागेको आरोपको सम्बन्धमा छानविन गर्न तानिएको हो।

रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ।

शुक्रबार, मंसिर २०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)