बुधबार, २७ अगस्ट २०२५

बक्सिङमा भुपेन्द्रलाई स्वर्ण

News Image
फाइल तस्बिर: बिएल
• • •

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित कराते हलमा सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।

भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जितेका हुन्। श्रीलंका र बंगलादेशले कास्य जित्यो।

यस्तै महिला ६० केजी तौल समूहमा नेपालकी संगीता सुनारले रजत जितिन्। भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो।

सोमबार, मंसिर २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)