शुक्रबार, ०८ अगस्ट २०२५

भ्रष्टाचार अभियोग लागेका ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण

News Image
• • •

रियो : भ्रष्टाचारको अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पणगरेका छन्।

टेमेअरले शासनमा रहँदा  घुस लिएको, भ्रष्टाचार गरेको र आपराधिक संगठनलाई सहयोग गरेको लगायतको आरोप  लगाइएको छ।

गत मार्चमा चारदिन हिरासतमा रहेका उनी जमानतमा रिहा भएका थिए। तर बुधवार अदालतले पुन: जेल चलान गर्न आदेश दिएपछि टेमेअरले आत्मसमर्पण गरेको बताइएको छ।

हाल उनलाई साओ पाउलोमा रहेको संघीय प्रहरीको हिरासतमा राखिएको छ।

शुक्रबार, बैशाख २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)