मङ्गलबार, १९ अगस्ट २०२५

उत्तर अमेरिकामा सन् २०२३ सम्म ‘पेट केयर’को व्यापार दुई अर्ब ८१ अर्ब डलर पुग्ने

News Image
तस्बिरः एजेन्सी
• • •

‘पेट केयर’ अर्थात् घरपालुवा पशु स्याहारको उद्योग बढ्दो छ। विश्वभरि नै मानिसहरू विशेष गरी ‘मिलेनियल्स’ले मानव सन्तान र पशुबीचको भिन्नता साँघुरो बनाइरहेका छन्।

सन् २०१८ मा उत्तर अमेरिकाको ‘पेट केयर’ व्यापार सवा दुई खर्ब अमेरिकी डलर भएको ‘एज बाइ एसेन्सल’ नामक बजार अनुसन्धान कम्पनीको तथ्याङ्कले देखाएको छ। सन् २०२३ सम्म ‘पेट केयर’को व्यापार दुई खर्ब ८१ अर्ब अमेरिकी डलर पुग्ने कम्पनीको अनुमान छ।

घरपालुवा जनावरको ‘ह्युमनाइजेसन’लाई ठूला ‘ब्रान्ड’ले ‘क्यास–इन’ गरिरहेका छन्। ‘पेटको’ले ‘स्टोर’हरूमा ‘किचन’ खोल्दैछ। त्यस्ता ‘किचन’बाट ग्राहकले आफूले पालेका जनावरका लागि ‘सेफ’ बनाएका खाना खरिद गर्न सक्नेछन्।

‘वालमार्ट’ले एक सयवटा  ‘स्टोर’मा भेटेरिनरी क्लिनिक थप्दैछ। ‘पुरिना’ पनि ‘लाइफस्टाइल’ क्षेत्रमा प्रवेश गर्दैछ। कम्पनीले घरपालुवका पशुका लागि नयाँ ‘पायोनियर वुमन’ ब्रान्ड सुरू गर्दैछ।

‘मिलेनियल्स अघिल्लो पुस्ताभन्दा चाँडै घरमा जनावर ल्याइरहेका छन्। उनीहरू विवाह पनि ढिलो गर्छन् तर त्यसको कमी ती घरपालुवा जनावरले पूरा गर्छन्,’ पुरिना ट्रिट्सका सिनियर ब्रान्ड म्यानेजर रायन गासले भने।

लोकप्रिय ब्लगर तथा ‘द पायोनियर वुमन’ नामक टेलिभिजन कार्यक्रमकी सञ्चालिका री ड्रमन्ड यो भावना बुझ्छिन्। ‘व्यवहारिक दृष्टिकोणबाट म लुइ भिटोंको डग क्यारियर किन्न सक्दिनँ किनभने त्यसको कुनै अर्थ नै छैन,’ ड्रमन्ड भन्छिन्। उनी ओक्लाहोमाको एउटा ‘र्‍याञ्च’ मा बस्छिन्।

बिहिबार, जेठ २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)