'सारंगीमा समर्पित एउटा जीवन'
युजी नाकागावालाई वेबसाइट 'युजीसारंगीडटकम'मा यसरी नै चिनाइएको छ।
सारंगीवादनका पर्याय बनेका जापानी नागरिक युजी जब सारंगी बजाउन थाल्छन्, उनको पहिचानको दायरा फराकिलो बन्दै जान्छ।
तार रेट्दै उनी कहिले भारतीय त कहिले नेपाली संस्कृतिसँग जोडिन्छन्। अनि क्रमशः नेपाल र भारतसँगको उनको साइनो खुल्दै आउँछ।
गत बिहीबार पाटन ढोकानजिकैको सिम्रिक एटलियरको साँघुरो कोठामा युजी यसरी नै आफ्ना स्रोतासँग जोडिए। लोक चित्रकारको परम्परागत पौभा कला सिकाउने थलोमा मध्याह्न १२ बजे उनले राग भीमपलासीको आलापबाट प्रस्तुति सुरू गरे।
सारंगीको सुरमा तबलाको ताल थप्न कलाकार मुकेश शाक्य तम्तयार थिए। जापानी कलाकार उरी किम तानपुराको झंकार थपिन्। त्यही क्रममा सन्तोषभक्त श्रेष्ठको ईशराज बाजासहित जुगलबन्दीमा जोडिन आएपछि मेहफिल झनै सुमधुर बन्यो।
सारंगीको धुनसँगै चलायमान युजीका जादुमयी औंलाका रफ्तार बढ्दा संगीतमा तालीको गड्गडाहट पनि मिसियो।
कार्यक्रममा करिब डेढ घन्टा हिन्दुस्तानी शास्त्रीय संगीतका रागहरू प्रस्तुत भए। कार्यक्रमको अन्तिम प्रस्तुतिमा पुरानो नेवारी लोकधुन सुन्न पाएर स्रोता अझ रमाए।
बिहीबारको सांगीतिक प्रस्तुतिको अभ्यासमा व्यस्त रहेकै बेला युजीले हामीलाई आफ्नो कथा सुनाएका थिए।
सन् २००० मा पहिलो पटक नेपाल आउँदाको अनुभवबाट कुरा सुरू गरे। युजी पर्यटकका रुपमा नेपाल घुम्न आएका थिए। त्यहीबेला उनलाई नेपाली गन्धर्व बाजा सारंगीले मोहनी लगाएको रहेछ।
'जापानमा सोखका रूपमा गितार बजाइरहेको थिएँ। सारंगीको धुन सुनेपछि त्यही सिक्ने रहर लाग्यो,' युजीले भने।
यही रहर पछ्याउँदै उनी बाबुराम गायकको पछि लाग्दै गोरखासम्म पुगे। त्यहाँ सारंगी सिक्नै भनेर दुई महिना बिताए।
त्यस बेलाको नमिठो अनुभूति पनि सम्झे उनले, 'त्यति मिठो सारंगी बाजा सामाजिक रुपमा तिरस्कृत भएको देखेर धेरै दुःख लागेको थियो।'
उनले सारंगीलाई गरिने 'अछूत' व्यवहार देखेनन् मात्रै, भोगे पनि। सारंगी बजाएकै कारण युजीलाई समेत मानिसहरू, 'सारंगी बजाको? छ्या!' भन्थे रे। अचेल गैरगन्धर्वले पनि बजाएको सुन्दा खुसी लाग्दो रहेछ उनलाई।
चार-पाँच महिनाको घुमफिर अनि नयाँ बाजा सिकेको उत्साह बोकेर जापान फर्कन पाउँदा उनी दंगदास थिए। फर्केको केही समयमै उनलाई थप खुसी पार्ने अर्को प्रस्ताव आयो। भारतमा संगीत पढेका एक जना जापानी कलाकारले भनेछन्, 'म तबला बजाउँछु, तिमी सारंगी बजाऊ, सँगै कन्सर्ट गरौं।'
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया