बुधबार, २७ अगस्ट २०२५

राष्ट्रपतिको जम्बो टोली बास बस्न सियानमा, विहीबार बेइजिङ उड्ने

News Image
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सियानस्थित विमानस्थलमा स्वागत गर्दै नेपालका लागि चीनका राजदूत हौ यान्छी। तस्बिरः सुरेन्द्रबहादुर नेपाली
• • •

४३ सदस्यीय जम्बोटोलीका साथ चीन भ्रमणमा निस्केकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको सान्सी प्रान्तको सियान पुगेकी छिन्।परराष्ट्र मन्त्रालयको विशेष पहलमा राजकीय भ्रमण बनाएर नेपाल एयरलाइन्सको चार्टर विमानमा उनी त्यहाँ पुगेकी हुन्। बिमानमा राष्ट्रपतिको जम्बो टोलीका ३९ सदस्य थिए, नेपाल उद्योग वाणिज्य महासंघका तीन सदस्य भने सिधै बेइजिङ पुग्नेछन्। 

सियान  विमानस्थलमा उनलाई साम्सीका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी बिहीबार सान्सीका गभर्नर लिउ गोजङसँग भेटवार्ता गरेर बेइजिङका लागि उड्ने बताइएको छ। 

 

 

बिहिबार, बैशाख १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)