
पछिल्लो एक दशकदेखि निरन्तर बढ्दै गएको मोबाइल सेटको आयातमा गत वर्ष ब्रेक लाग्यो। तथ्यांकअनुसार विश्व बजारबाट नेपालमा भित्रिने मोबाइलको आयात २२.५१ प्रतिशतले कमी आएको छ।
एक दशकपछि किन मोबाइल आयात घट्यो त? के माग घटेर बजार खुम्चिएको हो?
मोबाइलको बजार नै खुम्चिएको मान्न तयार छैनन्, मोबाइल आयातकर्ता। उनीहरूको भनाइमा मुलुकमा भन्सार छलेर अवैधानिक रूपमा आउने मोबाइलको संख्या तीव्र भएको छ।
मोबाइल फोन इम्पोर्टस एशोसिएसनका महासचिव अमित अग्रवाल भन्छन्, ‘मोबाइलको बजार घटेको छैन। बजारमा ग्रेबाट (भन्सार छलेर) सामान आउने क्रम बढेको छ। मलाई लाग्छ, झन्डै २० देखि २५ प्रतिशत सामान ग्रेबाट भित्रिरहेको छ।’
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाख बराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल हेन्डसेट आयात भएका छन्। त्यसअघिको वर्ष २०७४/७५ मा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल हेन्डसेट भित्रिएका थिए।
दुई वर्षको तथ्यांक तुलना गर्दा १९ लाख ४८ हजारवटा मोबाइल सेट कम आएको छ भने मूल्यका हिसाबले ५ अर्ब ६० करोडले घटेको छ।
आर्थिक वर्ष २०७२/७३ मा मुलुकमा ४९ लाख ९० हजार मोबाइल सेट आयात भएका थिए। जब कि गत वर्ष ४२ लाख ७५ हजार मात्र मोबाइल सेट आएका छन्। मूल्यका हिसाबले २०७२/७३ को तुलनामा गत वर्ष १ अर्ब ६ करोड रुपैयाले मात्रै धेरै आयात भएको तथ्यांकमा उल्लेख छ।
अग्रवालका अनुसार २०७२/७३ मा ४८ प्रतिशत र २०७३/७४ मा १९ प्रतिशतले मोबाइल आयात बढेको थियो। २०७४÷७५ भने ५ प्रतिशतले मात्र बढेको थियो। यही वर्ष सरकारले भ्याट फिर्ताको सुविधा हटाएको थियो।
मोबाइल बोक्ने उपभोक्तामध्ये अझै पनि ५० प्रतिशतले बार फोन बोकिरहेकाले स्मार्ट मोबाइको बजार राम्रो रहेको अग्रवाल बताउँछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया