शुक्रबार, ०८ अगस्ट २०२५

सानाे छँदा आमाबाट सिकेकाे सीपलाई निरन्तरता दिँदै सुरेश

News Image
• • •

दाङ– राजमार्गसँगै रहेको चिया पसल। चिया पकाउँदै गरेका सुरेश पुन मगरको हातमा ऊनीको डल्लो छ। त्यो ऊनीबाट उनले जाडोको लागि गलबन्दी बुन्दैछन्।

९–१० वर्षको छँदा सुरेशले आमाबाट यो काम सिकेका हुन्। ‘म स्कुल जान्थेँ। घरमा आमाले सधैं ऊनीबाट स्वीटर बनाउनु हुन्थ्यो। त्यो देखेर मैले पनि बनाउन थालेँ’, उनले भने, ‘सानैमा देखेर सिकेको काम अहिले पनि गर्दैछु।’उनले घरमा बाख्रा पालेका छन् । बाख्रा ग्वाला जाँदा होस् या चिया पसलमा रहँदा खाली समयमा उनको हात खाली हुँदैन। यो काम जानेका सुरेशलाई अहिले अर्डर आउने गरेको छ।

सोमबार, मंसिर १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)