आइतबार, १७ अगस्ट २०२५

जिम्वावेका कोपीलाई आईसीसीको १० बर्षे प्रतिबन्ध

News Image
एजेन्सी
• • •

जिम्वावेका पूर्व क्रिकेट डाइरेक्टर इनोक कोपीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सबैखाले क्रिकेटमा १० वर्षका लागि प्रतिबन्ध लगाएको छ।

आइसीसीको एन्टी करप्सन प्यानलले कोपीलाई नियम उल्लंघन गर्दै भ्रष्टाचार गरेको आरोपमा प्रतिबन्ध लगाएको हो।

हरारे क्रिकेट एसोसियसनका अध्यक्षसमेत रहेका इकोपेले भष्ट्राचार सम्बन्धिको ३ नियम उलंघन गरेको आईसीसीले जनाएको छ । आईसीसीले छानविन गर्दा दोषी ठहरिएका छन्  ।

कोपी जिम्बावे क्रिकेट बोर्डको डाइरेक्टर हुँदा भ्रष्टाचारमा मुछिएको पुष्टि भएको थियो।  

आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको कमिटीको अनुसन्धानले इकोपेले सन् २०१७ मा तत्कालिन कप्तान ग्रिम क्रिमरलाई भ्रष्ट्राचार गर्न उक्साएको देखिएको थिए ।

आईसीसीले उनलाई १० वर्षसम्म कुनै पनि क्रिकेट गतिविधिमा सहभागिता हुन नपाउने गरी कारबाही गरेको हो।

यस्तै हरारे मेट्रोपोलिटियन क्रिकेट संघका मार्केटिङ डाइरेक्टर राजन नायरलाई २० वर्षको प्रतिबन्ध लगाइएको छ।

बुधबार, फाल्गुण २२, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!