सोमबार, ११ अगस्ट २०२५

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउदै

News Image
• • •

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन्। 

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्ने बताइएको छ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ।
भ्रमणकै क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।
राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ।

बुधबार, आश्विन २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!