बुधबार, २० अगस्ट २०२५

नेपाललाई दोस्रो झड्का, कप्तानसँगै उपकपेतान पनि आउट

News Image
तस्बिरः एजेन्सी
• • •

सिंगापुर । सिंगापुरमा जारी आईसिसि टी २० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत कतारविरूद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पावर प्लेको अन्तिम बलमा कप्तान पारस खड्कालाई गुमाएको थियो। त्यसको केही समय पछि नै अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २३ रनमा गुमायो।

मल्लले २४ बल खेल्दै २ चौका र एक छक्का प्रहार गरेका थिए।  

यसअघि कप्तान पारस खड्काले १७ बलमा ४ चौका र एक छक्कासहित २८ रन बनाएर आउट भए

नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदार गरेको थियो। यो साझेदारी अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको सर्वाधिक साझेदारीसमेत हो।

मंगलबार, श्रावण ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)