मङ्गलबार, १२ अगस्ट २०२५

१३ औं साग: पाकिस्तानले पुरुष फुटबलमा भाग नलिने

News Image
फाइल तस्बिर
• • •

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले पुरुष फुटबलमा भाग नलिने भएको छ।

निर्धारित तालिकाअनुसार सागको पुरुष फुटबल काठमाडौं दशरथ रंगशाला र महिला फुटबल पोखरा रंगशालामा हुनेछ । पाकिस्तान नखेलेपछि नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले मात्र फुटबलमा प्रतिस्पर्धा गर्नेछ।

६ टोलीमात्र भएकाले फुटबलका खेलहरू उद्घाटनकै दिन मंसिर १५ देखि हुने तालिका छ। फुटबल यसअघिका सागमा उद्घानटनको २–३ दिनअघि नै सुरु हुने गर्थ्यो।

नेपालले २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको पछिल्लो सागमा आयोजकलाई २–१ ले पराजित गरी फुटबलको स्वर्ण जितेको थियो।

नेपालको पुरुष फुटबल टोलीले १९८४, १९९३ र २०१६ मा गरी तीन पटक सागको फुटबल स्वर्ण जितेको छ।

भारतले १९९५ को मद्रासयता सागमा फुटबलको स्वर्ण जित्नसकेको छैन।

शनिबार, कार्तिक २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)