आइतबार, ०३ अगस्ट २०२५

काठमाडौंमा अप्रिल २६ देखि ट्याटुप्रेमीहरूको कुम्भमेला

News Image
तस्विर : : सुनिता डंगाेल
• • •

नेपालमा यही अप्रिल २६ देखि २८ सम्म आयोजना हुने नवौं अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा सहभागी हुन संसारभरका ट्याटु आर्टिस्टहरू काठमाडौंमा भेला भएका छन्। 

सम्मेलनको पूर्वसन्ध्यामा उनीहरू विभिन किसिमका कलात्मक ट्याटु खोप्न व्यस्त छन्। 

शरिरका विभिन्न अंगमा ट्याटु खोपेर उनीहरुले दर्शकलाई दंग पारेका थिए ।

काठमाडौंमा विगत नौ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आयोजना हुदै आएको छ।

संसारमा ट्याटु खोप्नुलाई पनि एक किसिमको कला मानिन्छ र केही समययता शरीरका विभिन्न भागलाई क्यान्भास बनाएर थरिथरिका ट्याटु खोप्ने गरिदै आएको छ।

ट्याटुमा बढी मात्रामा देवी देवताका आकृति, प्रेमी प्रेमिकाका नाम, आफ्नो आस्था र विश्वासका स्लोगन, माया प्रेम दर्शाउने संकेतलगायतका चित्र र अक्षरहरू कोर्ने गरिएको छ। 

ट्याटु सर्वसधारणदेखि सेलिब्रिटीसम्मले बनाउँने गरेका छन्। सर्वसधारणका ट्याटु त्यति समाचार नबने पनि सेलिब्रेटीहरूका ट्याटु भने समाचार र गसिप बन्ने गरेका छन्। कतिपय सेलिब्रेटीहरूले बनाएका ट्याटुहरू विवादमा पनि तानिएका छन्। खासगरी गोप्य अंगहरूमा बनाइएका ट्याटु र आस्था एवं धर्मसँग सम्बन्धित ट्याटुहरू विवादमा पर्ने गरेका छन्।

पछिल्लो समय ट्याटु एउटा महंगो फेसन पनि बन्दै गको छ। ट्याटु खोप्दा पीडा पनि हुन्छ र एउटा ट्याटको मोल लाखौसम्म पनि पर्छ। तैपनि युवाहरूको यसप्रतिको आकर्षण बढ्दो छ। 

 

आइतबार, बैशाख १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)