फेसबुकको डिजिटल मुद्रा 'लिब्रा' रोक्न अमेरिकी सांसदको आग्रह

फेसबुक डिजिटल मुद्रा लिब्राको प्रतिकात्मक तस्बिर

सामाजिक सञ्जाल फेसबुकले ल्याउने भनेको डिजिटल मुद्रा लिब्रालाई रोक्न अमेरिकी सांसदहरू नै लागिपरेको जस्तो देखिएको छ ।

अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्ष म्याक्सिन वाटर्सले यो योजना हाललाई रोक्न भनेकी छन्। उनले कम्पनीको समस्याग्रस्त इतिहास हेरेर आफ्नो कमिटि अगाडि स्पष्टिकरण दिएर विश्वस्त नपारेसम्म फेसबुकलाई डिजिटल मुद्रा चलाउन दिन नसकिने बताइन् । 

यसैगरी अर्का सांसद शेर्रोड ब्राउनले आफूलाई फेसबुक धेरै ठूलो र शक्तिशाली हुन थालेको लागेको बताएका छन्।

"हामी फेसबुकलाई बिना सुपरिवेक्षण स्वीस बैंकबाट नयाँ खतरनाक डिजिटल मुद्रा चलाउन अनुमति दिन सक्दैनौँ," उनले एक विज्ञप्ति जारी गरेर भनेका छन्।

उता, फेसबुकले नीतिनिर्माताहरूको प्रश्नमा स्पष्टिकरण दिन तयार रहेको बताएको छ।

 

 

प्रकाशित मिति: : 2019-06-21 12:09:17

प्रतिकृया दिनुहोस्