आइतबार, १७ अगस्ट २०२५

१३ औं साग: सलमाको कप्तानीमा बंगलादेशी महिला क्रिकेट टाेलीकाे घोषणा

News Image
तस्बिरः एजेन्सी
• • •

१३ औं दक्षिण एसियाली खेलकुद (साग)  क्रिकेटका लागि बंगलादेशले महिला टिमको पनि घोषणा गरेको छ। सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ।

पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया अख्तर रहेकी छिन् ।

सागमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिएका छन्। भारत र पाकिस्तानले महिला र पुरुष दुवै क्रिकेटमा सहभागिता जनाएका छैनन् भने भुटानले पनि महिला क्रिकेटमा सहभागीता जनाएको छैन्।

महिला क्रिकेटमा चार टिमको सहभागिता रहेपछि राउण्ड रोबिन लिगअनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन्।

शनिबार, मंसिर १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)