सोमबार, ११ अगस्ट २०२५

एनआरएनका लागि सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

News Image
गैरआवासीय नेपालीका लागि एनआरएन मुद्दति खाता । तस्बिर : सानिमा वैंक
• • •

सानिमा बैंकले गैरआवासीय नेपालीका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्ने बैंकले जनाएको छ ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशत को उच्चतम व्याजदर पाउन सक्ने बैंकले जनाएको छ।

यो खाता खोल्नका लागि न्यूनतम रकम १० हजार (अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो) लाग्ने छ। यो मुद्दती २ वर्षको अवधिको रहने बैंकले जनाएको छ । खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो, सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैङ्कले जनाएको छ।

गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित सानिमा बैंकका देशभर  ७९ शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।

सोमबार, भाद्र २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)