बुधबार, २० अगस्ट २०२५

पैसा नतिरेको भन्दै अम्बानीविरूद्ध चिनियाँ बैकले हाल्यो मुद्धा

News Image
Agency
• • •

भारतका प्रसिद्ध व्यापारी अनिल अम्बानीविरूद्ध चीनको तीन वटा बैकले लन्डनमा मुद्धा दायर गरेको छ।

‘द इन्डस्ट्रियल एन्ड कमर्सियल बैक अफ चाइना’, ‘चाइना डेभलपमेन्ट बैक’ र ‘एक्सपोर्ट–इम्पोर्ट बैक अफ चाइना’ ले अनिल अम्बानीविरूद्ध मुद्धा दायर गरेका हुन्।

अनिल अम्बानीको निजी ग्यारेन्टीमा उनको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) लाई तीन वटै चिनियाँ बैकले २०१२ मा ९२ दशमलव ५२ करोड डलर कर्जा उपलब्ध गराएको थियो।

आरकमले फेब्रुअरी २०१७ मा ऋण चुक्ता गर्न नसकेपछि बैकले डिफल्टरको सूचिमा राखेको थियो। उनीविरूद्ध ६८ करोड डलर भुक्तान गर्न बाँकी रहेको बताइएको छ।

 

आइतबार, कार्तिक २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)