आइतबार, १७ अगस्ट २०२५

सुन तोलामा ३०० ले घट्यो

News Image
तस्बिरः एजेन्सी
• • •

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ।

बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ। बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ। शुक्रबार चाँदी प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।(रासस)

शुक्रबार, मंसिर २०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)