मङ्गलबार, १२ अगस्ट २०२५

बाढीपीडितलाई ५१ हजार राहत

News Image
तस्बिरः बिएल
• • •

मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ।
गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गरे। यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार नगद दिने घोषणा गरे।
पीडित परिवारलाई केही राहत पुगोस् भनेर रकम सहयोग गरेको उनले बताए। लोहन्द्रा खोलाको बाढीले गत असार २८ गते सोमा सोरेन बगाएर बेपत्ता भएका थिए। उनी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

बिहिबार, श्रावण ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)