लामो साँघु जिरी सडक तीन दिन बन्द

तस्बिरः बिएल

काठमाडौं। मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनको लागि बन्द हुने भएको छ।

लामो साँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो। अविरल वर्षाका कारण हिलो भई सवारी आवतजावतमा समस्या भएको थियो। समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको बैठकले साउन ११ गते बेलुका ६ बजेदेखि १३ गते बेलुकासम्म बन्द गर्ने  निर्णय गरेको हो।

खासगरी सवारी आवतजावतमा समस्या परेको तथा उक्त सडक पूर्ववत् स्थितिमा सञ्चालनमा ल्याउनुपर्ने भएकोले मर्मतका लागि सवारी आवागमन बन्द गरिएको शहरी डिभिजन कार्यलयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए। रासस

प्रकाशित मिति: : 2019-07-26 19:07:16

प्रतिकृया दिनुहोस्