काठमाडौं। मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनको लागि बन्द हुने भएको छ।
लामो साँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो। अविरल वर्षाका कारण हिलो भई सवारी आवतजावतमा समस्या भएको थियो। समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको बैठकले साउन ११ गते बेलुका ६ बजेदेखि १३ गते बेलुकासम्म बन्द गर्ने निर्णय गरेको हो।
खासगरी सवारी आवतजावतमा समस्या परेको तथा उक्त सडक पूर्ववत् स्थितिमा सञ्चालनमा ल्याउनुपर्ने भएकोले मर्मतका लागि सवारी आवागमन बन्द गरिएको शहरी डिभिजन कार्यलयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए। रासस
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया