आइतबार, १७ अगस्ट २०२५

मुलुक कालापानीको बहसमा रहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन: शिक्षामन्त्री

News Image
फाइल तस्बिर
• • •

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा.गोविन्द केसीलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताउँदै अनशन तोड्न आग्रह गरेका हुन् ।

मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘ सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् । प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

 

सोमबार, कार्तिक २५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)