मङ्गलबार, १२ अगस्ट २०२५

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

News Image
फाइल तस्बिर
• • •

महाराष्ट्रको राजनीतिमा नयाँ अध्याय सुरु भएको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मन्त्रिपरिषद् बैठकको प्रस्तावलाई स्वीकृति गरेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ।

दलहरू बिच सरकार बनाउने समय सीमा सकिएपछि, राज्यपालले राष्ट्रपति शासनका लागि केन्द्रीय सरकारलाई सिफारिस गरेका थिए। उक्त सिफारिस मन्त्रिपरिषद्ले प्रस्तावका रुपमा राष्ट्रपति समक्ष लैजाने निर्णय गरेको थियो।

गृह मन्त्रालयमार्फत प्रस्ताव राष्ट्रपति कहाँ पुगेलगतै राष्ट्रपति  कोविन्दले सहजै अनुमोदन गरेका हुन्।

राज्यपालले भाजपा, शिवसेना र एनसीपीलाई सरकार गठन गर्न पटक–पटक आग्रह गरेका थिए। कुनैपनि दलले सरकार बनाउन नसकेपछि, राज्यपालको तर्फबाट गृह मन्त्रालयले राष्ट्रपतिको शासन सिफारिस गर्दै राज्यको संविधान बमोजिम सरकार गठन गर्न गाह्रो भएको बताएको छ।

मंगलबार, कार्तिक २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)