मङ्गलबार, १९ अगस्ट २०२५

५० वर्षीय वृद्धाद्वारा चार वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

News Image
सांकेतिक तस्बिर
• • •

बारामा ५० वर्षीय एक व्यक्तिले चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् ।

बुधबार बाराको आदर्श कोतवाल गाँउपालिका–४ का शेख इसराईलले स्थानीय नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बालिकाको परिवार बाहिर गएको मौका छोपेर इसराईलले नाबालिकालाई करणीको प्रयास गरेका हुन् ।

करणीको प्रयास गर्दा नाबिलका रोएपछि आरोपी इसराईल फरार भएका छन् । घटनाका फरार आरोपी इसराईलको खोजी कार्य जारी रहेको प्रहरीको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

बिहिबार, कार्तिक १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)