मङ्गलबार, १९ अगस्ट २०२५

हत्याको अभियोगमा पक्राउ परेका 'बाबा'ले पाए सफाइ

News Image
फाइल तस्बिर:बिएल
• • •

सत्य ओम बाबा आरोग्य आश्रमका ओम प्रकाश श्रेष्ठ (ओम बाबा) लाई जिल्ला अदालत मकवानपुरले सफाइ  दिएको छ ।

एक वर्ष अगाडी आश्रममा उपचार गराउन गएकी हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुरकी ४१ वर्षीया साबित्री पुडासैनीको मृत्यु भएपछि पक्राउ श्रेष्ठलाई अदालतमा पेश गरिएको थियो ।

आइतबार न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा उनलाई सफाइ दिएको हो ।अधिवक्ता अमृतकुमार लामा, अधिवक्ता कृष्ण अर्याल र अधिवक्ता डम्बर केसीसहितको बहसपछि उनले सफाइ पाएका हुन् ।

छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन आश्रम पुगेकी साबित्रीलाई आश्रममा पिउन दिईएको १० बोतल पानी पिउँदा बेहोस भएको केही समयपछि हेटौंडा अस्पताल लगिएकोमा मृत्यु भएको थियो ।

सोमबार, कार्तिक १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)