मङ्गलबार, १२ अगस्ट २०२५

मिडिया विधेयकबारे सांसदहरुले गरे सुझाव संकलन

News Image
फाइल तस्बिर
• • •

मिडिया काउन्सिल विधेयकबारे सांसदहरुले सुझाव संकलन गरेका छन्।

बिहिबार रिपोट्र्स क्लबमा एक कार्यक्रम गरी सांसदहरुले सुझाव संकलन गरेका हुन्। नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमा सुझावदिदै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिपथापा मगरले विधेयक ल्याउँदा पत्रकारिताको विकास र पत्रकारको हितलाई केन्द्रमा राखिनुपर्ने बताए। उनले मिडियालाई अंकुश लगाउने प्रकारको गतिविधि कहीं कतैबाट हुन नहुने बताए।

सांसद वृशेषचन्द्र लालले विधेयक परिष्कृत र प्रभावकारी बन्ने भन्दै देशमा निष्पक्ष र निर्भिक पत्रकारिताको सुनिश्चिततालाई ध्यानमा राखेर विधेयक तयार हुने जानकारी दिए ।

कार्यक्रममा विधयेक समितिको तर्फबाट सुझाव उपसमितिका संयोजक सांसद ठगेन्द्र प्रसाद पुरीले विधयेकबारे सुझाव संकलन गरी आमसञ्चार र पत्रकारिताका क्षेत्रको हितलाई दृष्टिगत गरी विधेयक तयार पारिने जानकारी दिए। सांसद हरिशरण शिवाकोटीले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेकाले पत्रकारहरुको भावना समेटेर विधयेकले अन्तिम रुप पाउने बताए।

बिहिबार, मंसिर ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)