
सिमानामा जंगे पिल्लर , ढल्यो अरे आज ।
स्वाभिमान र स्वाधिनता, गल्यो अरे आज ।।
छिमेकीको परनिर्भरता, बढ्दै गएपछि ।।
त्रितर्फी उसैले नै , छल्यो अरे आज ।।
छातिभित्र राष्ट्रियता , बोकि हिँड्नेहरु
राजधानीमै मात्र आगो, बल्यो अरे आज ।।
विस्तारवादी नाइकेलाई , अन्तेष्टि स्वरुप
स -सम्मानित एउटा पुत्ला, जल्यो अरे आज ।।
रक्षार्थ एक योद्दा , लिपुलेकतिर
मुटूभित्र देश बोकी, चल्यो अरे आज ।।
स्वर्ग सरि मेरो देश, दुख्न दिन्न मैले ।।
नेपालीको स्वाभिमान, लुक्न दिन्न मैले ।।
भाँचिएका जंगेपिल्लर, हराएर गएपनि,
सिमानामा राष्ट्रियता, चुक्न दिन्न मैले ।।
खबरदार, खबरदार, देश बेच्नेहरुलाई ,
रिपुहरुको ईसारमा, भुक्न दिन्न मैले ।।
कुरुक्षेत्र हुँदै जाँदा, आफ्नै यो मातृभूमी ,
बौद्धमार्गी पाईलाहरु, रुक्न दिन्न मैले ।।
हिजो सुस्ता लुट्नेहरू, आज सगरमाथा ताक्दै छन रे,
चन्द्र सुर्य अंकित झण्डा, झुक्न दिन्न मैले ।।
# दिप पराजुली , कुश्मा पर्वत #
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया