
विश्व कपमा सबैभन्दा कमजोर आँकिएको अफगानिस्तानले बलियो भारतलाई २ सय २४ रनमा रोकेको छ।
जारी विश्व कपमा एउटा पनि खेल नजितेको अफगानिस्तानका स्पिनरले उत्कृष्ट बलिङ गरेपछि भारत ५० ओभरमा ८ विकेट गुमाएको थियो।
टस जितेर पहिलो ब्याटिङ रोजेको भारतलाई सुरुदेखि नै अफगानी स्पिनरहरूले बाधेर राखे। उपकप्तान रोहित शर्मालाई १ रनमा आउट गरेपछि उत्साही बनेको अफगानी बलरले भारतलाई ठूलो साझेदारी गर्न दिएनन्।
भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धसतकीय इनिङ खेल्ने बाहेक अरुले ठोस ब्याटिङ गर्न सकेनन्। यसअघि एक विकेटपनि नलिएका मोहम्मद नबीले केएल राहुल र कप्तान विराटलाई आउट गरे। गुलबदन नइबले पनि २ विकेट लिए।
अघिल्लो खेलमा १ सय १० रन खर्चेका राशिद खानले १० ओभरमा ३८ रन खर्चेर महेन्द्रसिंह धोनीलाई स्टम्पिङ गराएका थिए।
अफगानिस्तानले पहिलेको तुलनामा ढिलो बलिङ गरेको थियो।
विराटले ६७ रन बनाए। जाधवले ५२ रन बनाएका थिए। केएल राहुलले ३०, विजय शंकरले २९, धोनीले २८, हार्दिक पाण्ड्याले ७ रन बनाएका थिए। भारतले पुरै इनिङमा एउटा मात्र छक्का हान्यो। त्यो छक्का जाधवले हानेका थिए।
यसअघि इंग्ल्यान्डविरूद्ध अफगानी बलरले २२ छक्का दिएका थिए। कप्तान इयोन मोर्गन एक्लैले १७ छक्का प्रहार गरेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया