लन्डनका दुईतले राता बस यतिबेला 'नेपाल लाइफटाइम एक्सपेरियन्स' का पोस्टरहरु बोकेर दौडिरहेका छन् ।
नपालले अर्को वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल लैजानका लागि यी बसले नेपाल बोकेका हुन् ।
मध्य लन्डनका पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिङटन हाई स्ट्रिट, सेन्ट पल्सलगायतका महत्वपूर्ण दुई दर्जन रूटमा गुड्ने ५० बसले मंगलबारदेखि २ सातासम्म नेपाल बोक्नेछन् ।
यो अभियानको संयोजन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरिरहेका छन् । अहिले उनको नेतृत्वमा एक तयारी समितिले नै काम गरिरहेको बताइएको छ ।
सन् २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि गरिएको यो प्रचारलाई लिएर बेलायतको नेपाली डायस्पोराले मिश्रित प्रतिक्रिया दिएको छ । समर्थकहरूले राताो बसमा गर्नु नै ठुलो कुरा भएको बताएका छन् र यो प्रभावकारी हुनेमा शंका गर्न नै आवश्यक नरहेको बताएका छन् । उनीहरूको भनाइ छ- लण्डनको प्रतिष्ठाका रूपमा लिइने राता बसमा नेपाल देखिनु नै गौरवको कुरा हो ।
तर, यो प्रचार अभियानप्रति आलोचक रहेको पक्षको मत भने फरक छ । यस्तै एक आलोचक रहेका पत्रकार चिरन शर्मालाई यसको विरोध गर्न नै नपाइने अवस्था रहेको जस्तो लाग्छ । उनको विचारमा यो ठीक भएन भन्यो भने नेपाल विरोधीको छाप लाग्न सक्छ । उनी स्थानको भन्दा पनि विज्ञापन सामग्रीप्रति असहमत छन् । उनी भन्छन्- यसमा नेपाल भ्रमणवर्ष २०२० को विज्ञापनभन्दा पनि https://www.welcomenepal.com/ वेससाइटलाई प्रमोशन गरिएको छ । त्यो वेवसाइट खोलेर कतिजनाले नेपालमा होटल, फलाइट, टुर (होलिडे प्याकेज) बुकिङ गर्न सक्नु भयो ? मैले फोटोहरु बाहेक अरु केही देखिन् । फोटोको लागि गुगलनै काफी छ ।'
जे होस् यतिबेला लण्डनका राता बस नेपाल बोकेर गुडिरहेका छन् । त्यो देखेर नेपालीलाई खुशी नै लागेको छ । तर, यसको डिजाइन र सन्देशका बारेमा भने प्रश्न उठाउन नसकिने भने हैन ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया