बुधबार, ०९ सेप्टेम्बर २०२६

रविको सिधा कुराः रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने ‘अन्ध समर्थक’ चाहिएको छैन

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले विपदमा रुँदैगरेका नागरिका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य बन्द गर्न निर्देशन दिएका हुन्।

‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ लामिछानेले भने।

उनले सरकारसँग पनि विपद्‍मा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरे। रास्वपालाई त्यस्ता सदस्य र अन्ध समर्थक पनि नचाहिने उनले बताए। पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी जोकोही पनि विपद्‍मा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कारबाही गर्ने उनले स्पष्ट पारे।

‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन। राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महशुस गर्नेगरी देखाउने हो। देखाइदिनुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्‍मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,’  उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!