गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले अर्को कार्यकालको लागि उम्मेद्वार नहुने घोषणा गरेका छन् । उनले एक सम्बोधनमार्फत् यस्तो घोषणा गरेका हुन् ।
उनको यो घोषणासँगै आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएन विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि अरूलाई मैदान खालि भएको छ ।
चुनावमा उम्मेद्वार नहुने बताएका भट्टले कसलाई सघाउने भन्ने कुराको चाँहि खुलासा गरेनन् । तर, उनले यसअघि अध्यक्ष हुँदा अर्को कार्यकालमा कुमार पन्तलाई सघाउने भद्र सहमति गरेकाले उनलाई त्यही सहमतिअनुसार उम्मेद्वार नहुने घोषणा गरिएको अनुमान गरिएको छ ।
उनले उम्मेद्वार नहुने बताउँदै गर्दा 'साहसपूर्ण नेतृत्वको खोजीमा रहेको' बताएर एनआरएनलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् ।
'चालकको सिटबाट पछडि सरेको मात्रै हो, बसबाट निस्केको छैन' भन्दै भट्टले दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार र राजनीतिक दललगायतलाई धन्यवाद पनि दिएका छन् ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया