गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले अर्को कार्यकालको लागि उम्मेद्वार नहुने घोषणा गरेका छन् । उनले एक सम्बोधनमार्फत् यस्तो घोषणा गरेका हुन् ।
उनको यो घोषणासँगै आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएन विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि अरूलाई मैदान खालि भएको छ ।
चुनावमा उम्मेद्वार नहुने बताएका भट्टले कसलाई सघाउने भन्ने कुराको चाँहि खुलासा गरेनन् । तर, उनले यसअघि अध्यक्ष हुँदा अर्को कार्यकालमा कुमार पन्तलाई सघाउने भद्र सहमति गरेकाले उनलाई त्यही सहमतिअनुसार उम्मेद्वार नहुने घोषणा गरिएको अनुमान गरिएको छ ।
उनले उम्मेद्वार नहुने बताउँदै गर्दा 'साहसपूर्ण नेतृत्वको खोजीमा रहेको' बताएर एनआरएनलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् ।
'चालकको सिटबाट पछडि सरेको मात्रै हो, बसबाट निस्केको छैन' भन्दै भट्टले दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार र राजनीतिक दललगायतलाई धन्यवाद पनि दिएका छन् ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया