बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताएका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नु परे खोज्ने स्पष्ट पारेका हुन्।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ। हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने।
उनले आफ्नो पार्टी विकासवादी पार्टी भएको जिकिर गरे। उनले रास्वपा प्रतिशोध साँध्ने, पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने पार्टी नभएको दाबी गरे।
‘हाम्रो पार्टी विकासवादी पार्टी हो। काम गर्ने पार्टी हो। अगाडी बढ्ने पार्टी हो। हामी प्रतिशोध साँध्ने पुराना पुराना कुरा लिएर निउँ खोज्दै बस्ने होइन। निउँ खोज्नै पर्ने अगाडि बढ्दैगर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निउँ खोज्न जरुरी छ,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया