नेपाल-फ्रान्स सद्भावनादूत श्रृङ्खला खतिवडाले पश्चिम युरोपकै अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन् ।
नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनले यो शिखर आरोहण गरेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

दूताबासका अनुसार उनले मंगलबार मन्ट ब्लांक आरोहण गरेकी हुन् । फ्रान्स र इटालीको सिमामा रहेको मन्ट ब्लांकको उचाई ४ हजार ८ सय १० मिटर छ । नेपालका हिमालका उचाइको अनुपातमा यो कुनै अग्लो हिमाल हैन । तर, पश्चिम युरोपका लागि यो नै अग्लो भएकाले त्यहाँ यसको अर्थ हुन्छ ।
नेपाल र फ्रान्सबीच अप्रिलमा २० मा कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ।यही अवसरमा फ्रान्सको परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेला श्रृंखला सद्भावना दूत नियुक्त भएकी थिइन् ।

पेज थ्री जर्नालिज्मका अनुसार अहिले उनी ब्यायफ्रेन्ड सिसन बाँनियाका साथ युरोपको प्रि-हनिमुन यात्रामा छिन् । उनीसँगै सिसन पनि मन्ट ब्लांकको टुप्पोमा देखिएका छन्, यो संजोग मात्र नहुन सक्छ ।
खतिवडा मिस नेपाल २०१८ हुन् । उनले चीनमा आयोजित मिस वर्ल्डमा गतिलै प्रदर्शनी गरेर नेपालको आश जगाएकी थिइन् । उनका बाबु बिरोध खतिवडा नेकपा मकवानपुर जिल्ला इन्चार्ज हुन् भने आमा मनु खतिवडा मकवानपुरकै पार्टी अध्यक्ष हुन् ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया