नेपाल-फ्रान्स सद्भावनादूत श्रृङ्खला खतिवडाले पश्चिम युरोपकै अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन् ।
नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनले यो शिखर आरोहण गरेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

दूताबासका अनुसार उनले मंगलबार मन्ट ब्लांक आरोहण गरेकी हुन् । फ्रान्स र इटालीको सिमामा रहेको मन्ट ब्लांकको उचाई ४ हजार ८ सय १० मिटर छ । नेपालका हिमालका उचाइको अनुपातमा यो कुनै अग्लो हिमाल हैन । तर, पश्चिम युरोपका लागि यो नै अग्लो भएकाले त्यहाँ यसको अर्थ हुन्छ ।
नेपाल र फ्रान्सबीच अप्रिलमा २० मा कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ।यही अवसरमा फ्रान्सको परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेला श्रृंखला सद्भावना दूत नियुक्त भएकी थिइन् ।

पेज थ्री जर्नालिज्मका अनुसार अहिले उनी ब्यायफ्रेन्ड सिसन बाँनियाका साथ युरोपको प्रि-हनिमुन यात्रामा छिन् । उनीसँगै सिसन पनि मन्ट ब्लांकको टुप्पोमा देखिएका छन्, यो संजोग मात्र नहुन सक्छ ।
खतिवडा मिस नेपाल २०१८ हुन् । उनले चीनमा आयोजित मिस वर्ल्डमा गतिलै प्रदर्शनी गरेर नेपालको आश जगाएकी थिइन् । उनका बाबु बिरोध खतिवडा नेकपा मकवानपुर जिल्ला इन्चार्ज हुन् भने आमा मनु खतिवडा मकवानपुरकै पार्टी अध्यक्ष हुन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया