
भारतको नयाँ राजनीतिक नक्सामा नेपालको केही भूभाग समेटिएपछि सुरू भएको भारत विरोधी नेपाली अभियान घरदेशबाट परदेशमा पुगेको छ। परदेशमा रहेका नेपालीको विश्व सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना राष्ट्रिय संयोजन समितिलाई विरोध अभियान सञ्चालन गर्न निर्देशन दिएपछि यो अभियान विस्तारित भएको हो।
यसै क्रममा गैरआवासीय नेपाली संघ, एनसीसी जर्मनीको संयोजनमा जर्मनीको फ्र्यांकफर्टमा एक विरोध प्रदर्शन आयोजना गरिएको छ।
नेपालको सीमामाथि भारतीय हस्तक्षेप भएको छ। हामी विदेशमा रहेका नेपालीले पनि यसको विरूद्ध आवाज उठाउनुपर्छ। यस्तो बेला हामी मौन बस्नु हुदैन।
- कुमार पन्त, अध्यक्ष, एनआरएनए आईसीसी
एनआरएन आइसीसी अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको प्रदर्शन भारतीय महावाणिज्यदूताबास अगाडि आयोजना गरिएको थियो।
विरोध प्रदर्शनमा जर्मनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीको सहभागिता थियो। 'कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ नेपाललाई गरिने हस्तक्षेप बन्द गर' जस्ता प्लेकार्ड बोकेका प्रदर्शनकारीले भारतविरुद्ध नाराबाजी समेत गरेका थिए।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले नेपालको सीमामाथि भारतीय हस्तक्षेप भएको भन्दै विदेशस्थित गैरआवासीय नेपाली समुदायले यसको विरोध गर्नुपर्ने विचार राखेका थिए।
यसअघि बेल्जियम, जापान, अस्ट्रेलियालगायतका मुलुक रहेका एनआरएन एनसीसीले पनि विरोध प्रदर्शन आयोजना गरेका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया