अमेरिकी राष्ट्रपति ट्रम्प डेटन र एल पासोमा : प्रदर्शनकारीले भने 'तिमी नआऊ '

सहानुभूति दिन गएका ट्रम्प आक्रोशको शिकार भए । तस्बिर : एजेन्सी

अमेरिकामा एकै दिन दुई सामुहिक गोलिकाण्ड भएका सहरमा सहानुभूति दर्शाउन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले उल्टै विरोधको सामना गर्नुपरेको छ । उनको पक्षमा पनि केही प्रदर्शनकारी देखिएका थिए । 

उनी पहिला ओहायोको डेटन पुगेर अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेका थिए । त्यहाँ शुक्रबार मध्यरातमा ९ जनाको ज्यान लिने गरी गोलीकाण्ड भएको थियो भने दर्जनौ घाइते भएका थिए ।

यो पनि हेर्नुहोस् 
किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण?

त्यसपछि राष्ट्रपति ट्रम्प टेक्सासको एल पासो पुगे । त्यहाँ दक्षिण अमेरिकी मूलका मानिसलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो।

राष्ट्रपति ट्रम्प दक्षिण अमेरिकी मूलका नागरिकप्रति सहानुभूतिशील नभएको बताइन्छ । त्यसैले उनले डेटनमा भन्दा एल पासोमा ठूलो विरोधको सामना गर्नुपर्यो ।

यो पनि हेर्नुहोस्

अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण

त्यहाँकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले त राष्ट्रपति ट्रम्पलाई भेट्न नै अस्विकार गरिन् । उनले  ट्रम्पको "जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई पीडा पुगेको" बताइन् । स्थानीय प्रभावशाली नेता तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका आकांक्षी बेटो ओ रोर्क राष्ट्रपति ट्रम्पले आप्रवासीहरूको "धज्जी उडाएको" भन्दै उनको आलोचना गरे ।

प्रदर्शनकारीहरूले 'राष्ट्रपति ट्रम्प तिमी आउँदा हामीलाई सहानुभूति हैन, पीडा हुन्छ, त्यसैले तिमी नआऊ', यो सबै तिमीले ट्विट गरेका घृणाका शव्दहरू पड्केर ज्यानमारा भएका हुन्' जस्ता प्लेकार्ड बोकेका थिए । 

 

प्रकाशित मिति: : 2019-08-08 08:41:06

प्रतिकृया दिनुहोस्