बुधबार, २० अगस्ट २०२५

३८ जना सवार चिलीको वायुसेनाको विमान बेपत्ता

News Image
तस्बिर:एजेन्सी
• • •

अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ।

हर्कुलस सी १३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो। उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ।

विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

मंगलबार, मंसिर २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!