आइतबार, १७ अगस्ट २०२५

नक्कली बेरिङ बिक्री गरेको आरोपमा एक जना पक्राउ

News Image
• • •

वीरगञ्जबाट नक्कली बेरिङ बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज–२ छप्कैया बस्ने छविकान्त सरावगी पक्राउ परेका हुन्।

भारतमा निर्मित एसकेएफ कम्पनी नाम गरेको बेरिङ भन्दै सोही नाम गरेको नक्कली बेरिङ बिक्री गरेको सूचनाको आधारमा सोमबार उनले सञ्चालन गरेको पसलमा छापामारी गरी विभिन्न साइजका ३०५८ थान बेरिङ बरामद गरेको प्रहरीले  जनाएको छ। 

प्रहरकिा अनुसार बरामद गरिएका बेरिङको मूल्य करिब २७ लाख रुपैयाँ बराबरको रहेको छ।   सरावगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

बुधबार, पौष ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)