बुधबार, २७ अगस्ट २०२५

चार राजदूतलाई थप जिम्मेवारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 सरकारले विभिन्न मुलुकका लागि तोकिएका चार राजदूतलाई थप जिम्मेवारी दिएको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, फ्रान्सका लागि नेपाली राजदूत दीपकराज अधिकारी, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई सरकारले थप जिम्मेवारी दिएको हो।

जसअनुसार पाण्डेलाई गणतन्त्र फिलिपिन्सका लागि, अधिकारीलाई मोनाकोका लागि, दाहाललाई न्यूजिल्याण्डका लागि र भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूतको जिम्मेवारी थपिएको हो।

राष्ट्रपति कार्यालयले जनाएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय नेपाली राजदूत पदमासमेत नियुक्त गरिएको हो।

 

बिहिबार, पौष १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)