बुधबार, २७ अगस्ट २०२५

डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

News Image
फाइल तस्बिर
• • •

डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोल्पा ठुलीभेरी नगरपालिका वडा –५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोरा रहेकी छिन्। 

घर पोत्ने माटो खन्नेक्रममा बुधबार दिउँसो सवा चार बजेतिर माटोको  ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।

पुरिएको जानकारी माझफाल प्रहरी चौकीले पाए लगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरे पनि बचाउन नसकिएको उनले बताए।

शव बिहीबार बिहान परिवारलाई जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक रञ्जितकारले जानकारी दिए। 

शुक्रबार, पौष १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)