बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्नेसहितको तीन महिने कार्यक्रम सार्वजनिक गरेका छन्।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने सहितको कार्यक्रम सावर्जनिक गर्नुभएको हो। वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ।
त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको मन्त्री यादवले बताए। पत्रकार सम्मेलनमा उहाले इराकमा रहेका नेपालीलाई ’रेस्क्यु’ गर्ने योजना रहेको जानकारी दिए। परराष्ट्र मन्त्रालयको अगुवाइमा ’एक्टिभ’ टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको उनको भनाई छ।
पत्रकार सम्मेलनमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले पनि इराकका रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको जानकारी दिए। मन्त्री यादवले जापानमा रोजगारीमा जाने कामदारका बारेमा पनि दुईपक्षिय छलफल गर्ने बताए। मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया