बिएल संवाददाता
कांग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनोडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन्। किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका कनोडियाले १२ करोड रुपैयाँ खातामा जम्मा गरेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनोडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको।’ शुक्रबार एक ट्विट गर्दै प्रवक्ता शर्माले जानकारी दिएका छन्।
त्यस्तै शर्माले कनोडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ।’ लेखेका छन्।
कनोडियाले किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्नुपर्नेछ।
उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उधोगी एवं कांग्रेस सांसद विरेन्द्र कनोडियाले सो´को जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 10, 2020
अब चुक्ता गर्न ६ करोड बांकी रहेको बताउंदै यथासिध्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसंग व्यक्त गर्नुभएको छ ! https://t.co/hJ7pyx4aa9
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया