बिएल संवाददाता
कांग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनोडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन्। किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका कनोडियाले १२ करोड रुपैयाँ खातामा जम्मा गरेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनोडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको।’ शुक्रबार एक ट्विट गर्दै प्रवक्ता शर्माले जानकारी दिएका छन्।
त्यस्तै शर्माले कनोडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ।’ लेखेका छन्।
कनोडियाले किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्नुपर्नेछ।
उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उधोगी एवं कांग्रेस सांसद विरेन्द्र कनोडियाले सो´को जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 10, 2020
अब चुक्ता गर्न ६ करोड बांकी रहेको बताउंदै यथासिध्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसंग व्यक्त गर्नुभएको छ ! https://t.co/hJ7pyx4aa9
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया