बिएल संवाददाता
नेपाल एपिएफ क्लबले काठमाडौंमा जारी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ।
प्रतियोगितामा तीन विभागिय टोली र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनल पुगेका छन्। अर्को सेमिफाइनल न्यु डायमण्ड र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ। समूह ‘ए’ को अन्तिम खेलमा आर्मीलाई हराउँदै समूह एपिएफ विजेता बनेको हो।
ढोर पाटन क्लब बालावुमाार शुक्रबार एपिएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ को सोझो सेटमा हराएको छ। एपिएफले समूह चरणका सबै तीन खेल जितेको थियो। आर्मीले भने एपिएफ बाहेक दुई टोलीलाई हराएको थियो। अब समूह एको विजेता एपिएफले बीको उपविजेता पुलिस तथा समूह ए को उपविजेता आर्मीले आयोजक न्यु डायमण्डको सामना गर्नेछ। दुवै सेमिफाइनल शनिबार हुनेछ।
शुक्रबार नै भएको समूह बीको खेलमा पुलिसलाई २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले हराउँदै न्यु डायमण्ड समूह विजेता बनेको थियो।
मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया