बिएल संवाददाता
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिएल मिडियाले सुरू गरेको ब्राण्ड स्टोरीले समाजमा सकारात्मक सोच ल्याउने बताएका छन्। बुधबार राजधानीमा ‘बिएल ब्राण्ड स्टोरीको ओपनिङ कार्यक्रम पछि बोल्दै उनले नेपालमै पहिलोपटक सुरू भएको ब्राण्ड स्टोरीले उपभोक्तालाई सही मार्ग देखाउने खनालले दाबी गरे।
‘बिएल मिडियाले सुरू गरेको नयाँ कार्यक्रम एउटा अत्यान्त राम्रो कार्यक्रम हो। विभिन्न भाषामा समाचार र सूचना प्रवाहको उद्धेश्य राखेको यस मिडियाले नेपालमै पहिलो पटक सुरू गरेको ब्राण्ड स्टोरीले समाजमा नयाँ आयाम दिनेछ’, उनले भने।
यसले समुदाय र सिंगो राष्ट्रलाई फाइदा पुर्याउने भन्दै उपभोक्तामाझ यसले एउटा उत्साह जगाउने काम गर्ने दाबी गरे।
‘ब्राण्ड स्टोरीहरूले कतिपय नेचर र क्रिएसनको ब्राण्डिङ गर्ने भएकाले यस्ता किसिमका स्टोरीले मानिसलाई सही मार्ग देखाउने र सकारात्मक सोचको विकास गराउने भएकाले यसको भविश्य राम्रो देख्छु’, उनले भने।
यो पनि हेर्नुहोस्
पावर ब्राण्ड भएका कम्पनीले ब्राण्ड स्टोरी भन्न जरूरी छ: प्रा.डा. कोइराला (भिडियाेसहित)
ब्राण्ड सफल हुन ब्राण्डस्टोरी भन्नु जरूरी छः आफा अध्यक्ष रेमण्ड (भिडियोसहित)
मन्त्री बाँस्कोटाले भने– ‘बिएल मिडिया आफैमा एउटा ब्रान्ड हो’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया