बिएल संवाददाता
विप्लव नेतृत्वको प्रतिवन्धित (नेकपा)ले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ। ललिता निवासको राष्ट्रियकरण भैसकेको जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीको भनाइ छ।
भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परी राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही सिर्जना गरी उक्त जग्गा व्यक्तिको नाममा गरिएको पार्टिले प्रर्चामा उल्लेख गरिएको छ।
उक्त पार्टिले छापेको एक प्रर्चामा जनाइएअनुसार कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको छ । ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा आफूले कब्जा गरेको घोषणा गरेको छ।
विप्लव समूहले कब्जा गरिएको सो जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारवाही गर्ने चेतावनी पनि दिएको छ।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया