
एजेन्सी
बलिउडका दुई मेगा स्टार शाहरुख खान र रणवीर कपुर पहिलो पल्ट एउटै फिल्ममा देखा पर्ने भएका छन्।
करण जौहरले निर्माण गर्न लागेको फिल्ममा पहिलो पल्ट यी दुई मेगा स्टार एउटै स्क्रिनमा देखिन लागेका हुन्।
करणले १० वर्षदेखि शाहरुखसँग काम गरेका थिएनन्। सन् २०१० मा प्रदर्शन भएको ‘माई नेम इज खान’ पछि दुबै आफ्नो प्रोजेक्टमा व्यस्त थिए। रणवीरले ‘ए दिन है मुश्किल’ मा शाहरुखसँग गेस्ट एपिरियन्सको रूपमा मात्र काम गरेका थिए। फिल्मको विषयमा खासै धेरै कुरा बताइएको छैन। फिल्म ‘जिरो’ को असफलतापछि शाहरुख लामो समय विश्राममा छन्। उनी फिल्मको स्क्रिप्ट पढेर मात्र काम गर्न चाहेको बताइएको छ।
एक समाचारका अनुसार शाहरुखसँग ३०–३५ वटा फिल्मको अफर छ। तर, उनले गम्भीर भएर कुन फिल्म खेल्ने विचार गरिरहेका छन्।
शाहरुखले आफ्नो जन्मदिनमा समर्थकलाई २०२० मा एउटा फिल्म सार्वजनिक हुने बताएका थिए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया