विमानस्थलका प्रहरीलाई डीआईजी पोखरेलेको निर्देशन - सर्वसाधारणको आत्मसम्मानमा चोट पुग्ने हर्कत नगर्नू

डिल्ली पाण्डे

काठमाडाै‌ं

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सुरक्षामा खटिने प्रहरीलाई सर्वसाधारणको आत्मसम्मानमा चोट पुग्ने कुनै किसिमको हर्कत नगर्न निर्देशन दिएका छन्। 

गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि उनी पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका हुन्। 

डीआईजी पोखरेलले  विमास्थलको सुरक्षामा खटिने एसएसपीदेखि जवानसम्म सबैलाई सामूहिक रुपमै आइतबार भेटेर  कानुनको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् । 

उनले भने,‘विमानस्थलको सुरक्षा निकै सम्वदेनशील विषय हो। हजुरहरुको वोली,वचन र व्यवहारले सरकारको राज्य संयन्त्रको सक्रियता प्रतिविम्व हुने भनेकोले यो कुरा सधै ख्यान गर्नू।’

उनले जनताको मानवअधिकारको संरक्षणल गर्दे चेकजाँचमा विशेष ध्यान दिन आग्रह गरे। विमानस्थलको सुरक्षाले अन्तर्राष्ट्रिय स्तरमै प्रहरीको पहिचान बढाउनेछ। उनले भने त्रुटिरहित सेवा प्रदान गरे राज्य संयन्त्र अझै बलियो हुन्छ। डीआइजी पोखरेलले प्रहरी आचरण र व्यावहारमा कमजोरी पाइए कारबाही गर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति: : 2020-01-20 06:15:43

प्रतिकृया दिनुहोस्