ओली सरकार र विरोधीहरूको छटपटी

बनाउनेभन्दा भत्काउने जमात ठूलो

तस्बिर : थाहा खबर

भलै उनले उद्घोष गरेका वा तय गरेका सबै कार्यक्रमहरू सम्पन्‍नताको बिन्दुसम्म पुगेका छैनन्। आफ्नो नेतृत्वमा दोस्रोपटक सरकार बनेपछि केही दूरगामी परिणामकारी, केही विकासका मानक थालनी र कामको गतिलाई प्रतिविम्‍बित गर्ने केही परियोजनाहरू निर्धारित समयअघि सकेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नियत र गतिको परिचय दिएका छन्।

देशको कुनै बस्ती हुरीले उडाइदिँदा ५ महिनामै जनतालाई नयाँ बस्ती बसालेर सरकारले नै दिन सक्दो रहेछ भन्‍ने एउटा सानो उदाहरणले उनको नियत र कामको गति मापन गर्छ। दशकौंदेखि तदर्थवादको शिकार भएको देशमा उनले त्यसलाई तोडेर थालेका केही मानक अभियानका कारण एकथरीले त उनलाई अधिनायकतिर उन्मुख भनेर डाम्‍ने विषय नै त्यसलाई बनाएका छन्। ओलीको सरकारले गरेका कामको सूचि उनैको प्रचार संयन्त्रले बाहिर ल्याउला वा नल्याए पनि हाम्रा सञ्चारमाध्यमका अदेखा वा विपरीत प्रचारले तिनको महत्व घट्ने होइन। उनको सरकार गरेका प्रयास र त्यसले गरेका संकेतहरू तथा त्यसमाथि सामाजिक अवरोधको पाटो मात्रै यस आलेखको विषय हो।
 

प्रकाशित मिति: : 2020-01-21 04:29:06

प्रतिकृया दिनुहोस्