बिएल संवाददाता
मेलबर्न स्टार्सले बिगबास लिग (बीबीएल) क्रिकेटमा दोस्रो हार व्यहोरेको छ।
सोमबार भएको खेलमा सिड्नी सिक्सर्ससँग २१ रनले पराजित हुँदै मेलबर्नले लिगमा दोस्रो हार व्यहोरेको हो।
वर्षाले प्रभावित गरेपछि १४ ओभरमा झारिएको खेलमा सिड्नीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्नले १४ ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन मात्रै बनाउन सक्यो।
मेलबर्नका लागि मार्कुस स्टोनिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै हिल्टन क्याटराइटले २१ रन बनाए।
यसअघि घरेलु टोलीले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो।
सिड्नीका लागि कप्तान मोइसेस हेन्रिक्सले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै जेम्स भिन्सले अविजित ४१ रन बनाए।
मेलबर्नका लागि सन्दीप लामिछानेले २ विकेट लिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया