
बिएल संवाददाता
साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको एनभीए राष्ट्रिय महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको पहिलो क्वाटरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो।
मणिमुकुन्दमाथि आर्मीले २५/१९,२५/१८ र २५/१७ को सेटमा जित निकाल्यो। अब आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबसँग खेल्नेछ।
दोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३–० को सेटमा हराएर सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
एपीएफले बुद्धटोलमाथि २५/१८, २५/१७ र २५/११ को जित हात पार्यो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया