बिएल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत पठाएकी हुन्।
राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो। नयाँ प्रविधिको प्रयोग गर्दै ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।
टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ। यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई)का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन्।
जनवरी २५ देखि १५ दिनसम्म चिनियाँले नयाँ वर्ष मनाउँदै आएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया