बिएल संवाददाता
नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन्।
एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजीनामा बुझाउने तयारी गरिरहेका छन्।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै पाइलटले राजीनामा दिएका हुन्। स्थायी उडान दलका सदस्यहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।
पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन्। तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसमाथि कर पनि व्यवस्थापनले तिरिदिन्छ।
तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन्।
पाइलटले व्यवस्थापनलाई दुई विकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने। कि नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने।
यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तर्राष्ट्रिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन्।

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया